
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा एक बालिकाको आगोमा जलेर मृत्यु भएको छ। आइतबार बारेकोट गाउँपालिका -९ खारीगाउँका स्थानीय गोपाल जैसीको १७ महिनाकी छोरी नतासा जैसीको जलेर मृत्यु भएको हो ।
भान्सा कोठामा सुतिरहेको बेला एक्कासि चुल्होमा परेर गम्भीर घाइते भएकी नतासा जैसीको उपचारका क्रममा रुकुम पश्चिम स्थित चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी सन्तोषकुमार रोकाका अनुसार घरमा कोही नभएको वेला ओछ्यानबाट चुल्होमा परेपछि जलेर गम्भीर घाइते भएकी जैसीको उपचारको क्रममा ज्यान गएको हो ।