कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ झडुलामाई मोडमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । लु ३ च ४३८३ नम्बरको जिपले लु १३ प १८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा स्थानीय मोटरसाइल चालक शीतल कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुराइएको थियाे । अस्पतालमा चिकित्सकले मृत घाेषणा गरेका थिए ।