प्यूठान । नौबहिनीको लुप्लुङ्ग माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको दुई खुल्ला सदस्यको लागि निर्वाचन भएको छ । शुक्रबार नौबहिनी- ८ लुप्लुङ्गमा रहेको लुप्लुङ्ग माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको दुई खुल्ला सदस्यमा भएको निर्वाचनबाट श्रीराम भण्डारी र मधुसूदन भण्डारी निर्वाचित भएका छन् । निर्वाचनमा श्रीराम भण्डारी, मधुसूदन भण्डारी र ऋषिराम भण्डारीले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए ।

निर्वाचन नतिजा अनुसार श्रीराम भण्डारीले १ सय १०, मधुसूदन भण्डारीले ८७ मत र ऋषिराम भण्डारीले ८३ मत प्राप्त गरेका छन् । कुल २ सय १८ मतदाता रहेको बिद्यालयमा १० मत बदर भएको निर्वाचनमा समितिले जानकारी दिएको छ ।

निर्वाचन समितिका अनुसार बिद्यालयको ब्यवस्थापन समितिको महिला सदस्य यसभन्दा पहिलेनै निर्विरोध निर्वाचित भएको जनाएको छ । निर्विरोध निर्वाचित हुनेमा चुमा भण्डारी र मिना भण्डारी रहेको बिद्यालय प्रशासनले जानकारी दिएको छ ।

सोमबार लुप्लुङ्ग माध्यमिक बिद्यालयको ब्यवस्थापन समितिको निर्वाचित समितिको बैठक बसेर अध्यक्ष चयन गर्ने निर्वाचित सदस्य श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

भौतिक संरचना निर्माणले मात्र नहुने भन्दै अब बिद्यालयको शैक्षिक सुधारमा परिवर्तन ल्याउने गरि काम गर्ने निर्वाचित सदस्य भण्डारीले बताउनुभयो । “शैक्षिक सुधार अहिलेको अपरिहार्य बिषय हो,” उहाँले भन्नुभयो, “शैक्षिक सुधारमा सबैसँग हातेमालो गर्दै पहल थाल्ने तयारीमा छौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय