प्यूठान । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुदुरपश्चिम प्रदेशका लागि नयाँ प्रदेश प्रमुखमा संविधान सभा सदस्य नजिर मियाँलाई सिफारिस गरेको छ । सरकारले देवराज जोशीलाई हटाई मियाँलाई सिफारिस गरेको हो ।

नेकपा एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य तथा हालका सल्लाहकार समेत रहेका मियाँ २०६४ मा समानुपातिक तर्फ पहिलो संविधान सभा सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो ।

२०४९ तथा २०५४ मा अर्घाखाँचीको पाली गाविसको अध्यक्ष समेत रहेका मियाँ नेपाल मुस्लिम इत्तेहाद संगठनको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । मुस्लिम समुदायमा सादगी सरल, पाका तथा अनुभवी राजनीतिज्ञको परिचय बनाएका मियाँ २००८ साल माघ १५ गते अर्घाखाँचीको पाली -२ अर्भकामा जन्मनुभएको हो ।

२०४६ सालदेखि राजनीतिमा क्रियाशील मियाँ संविधान सभामा हुँदा मुस्लिम समुदायका अधिकार जागरण तथा सरोकारका विषयलाई समावेश गर्न महत्त्वपूर्ण योगदान रहेको थियो । हाल मियाँ बुटवल बस्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय