प्यूठान । प्यूठानको नारिकोटमा भएको ट्याक्टर दुर्घटनामा फरार चालक ९ वर्षपछि पक्राउ परेका छन । २०७१ मंसिर १७ गते दुर्घटना भएको लु २ त ९७५० नम्बरको ट्याक्टरको चालक गौमुखी गाउँपालिका-७ नारिकोटका जीवन जिसिलाई प्रहरीले पक्राउ गरेको हो ।
दुर्घटनामा १८ वर्षीय राजेन्द्र पुरिको ज्यान गएको थियो । दुर्घटनापछि फरार रहेका ३२ वर्षीय जिसीलाई फागुन १४ गते प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत प्यूठानले चैत १९ गते पुर्पक्षको लागी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय
प्यूठानले जनाएको छ ।