प्युठान (दहखोला) । प्युठान झिमरुक गाउँपालिका स्थित दहखोला निवासी ९९ वर्षीय जेष्ठ नागरिक खुमे गिरीको निधन भएको छ । उहाँको पौष १ गते बिहान ११ः४५ बजे आफनै निवास दहखोलामा निधन भएको हो । गिरीको निधन भएको आज ४ औं दिन पुगेको छ ।

झिमरुक गाउँपालिका वडा नं ६, स्थित दहखोलामा १९८२ साल असारमा जन्मिनुभएका गिरीको उमेरका कारणले मृत्य भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गिरीका २ छोरा ५ छोरीहरु छन् । दहखोलामा रहेको गिरी परिवार मध्य सबैभन्दा जेष्ठ अभिभावक समेत रहनुभएको गिरीको निधनले महन्त परिवार शोकमा परेको छ । उहाँको निधनले गिरी परिवारलाई क्षती पुगेको छ। एक असल समाजसेवी जेष्ठ अभिभावक समेत गुमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय