काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राती भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।
आज राती गएको भूकम्पको कारण भएको क्षतिबारे अझै विवरण आएको छैन । काठमाडौँ लगाएत आसपासका स्थानमा धक्का महसुस भएको थियो। पराकम्पन छोटो समय आएकाले यसले खासै ठूलो असर नहुने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
नेपालका विभिन्न स्थानमा केन्द्रबिन्दु बनाएर लगातार सानाठूला भुकम्प तथा भुकम्पको पटकपटक पराकम्पन गहिरहेको छ । यसबाट भने सुरक्षित रहनुपर्ने छ । त्यससँगै अब बन्ने भौतिक संरचना भुकम्प प्रतिरोधात्मक बनाउनुपर्ने नितिलाई आमनागरिक तथा सबै सरकारले कार्यान्वयनमा अग्रसरता देखाउनुपर्ने देखिन्छ ।