प्यूठान । ऐरावती गाउँपालिका-३ जाबुने स्थित धर्मोदय माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब तथा अभिभावक भेला सप्पन्न भएको छ । वडा अध्यक्ष एवम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पदमबहादुर जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष, अक्षकोषका संरक्षक, उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्राबि स्तरीय बकत वक्तृत्वकला प्रतियोगितामा प्रथम भूवनेश्वरी आधारभुत विद्यालय, द्वितीय धर्मोदय माध्यमिक विद्यालय, तृतीय बालविकास प्राथमिक विद्यालय र शान्त्वना गणेश प्राथमिक विद्यालय भएका छन ।
कार्यक्रममा स्वागत मन्तव्य वसन्तराज अर्यालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शरद पोखेलले गनुभएको थियो ।