प्यूठान । जिल्लामा ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउन थालिएको छ । फागुन १३ गतेदेखि १८ गतेसम्म जिल्लाका ९ महिना देखि ५ वर्ष उमेरका बालबालिकालाई खोप दिन थालिएको हो ।

जिल्लाभर २७३ खोप केन्द्रबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । २२ हजर ८२४ जनालाई खोप लगाउने लक्ष्य रहेको प्रमुख पाण्डेले बताउनुभयो । त्यसका लागि २५ हजार ५ सय डोज खोप प्राप्त भएको उहाँले बताउनुभयो ।

दादुरा-रुबेलाको एक जना संक्रमितले १८ जना सम्मलाई सार्न सक्ने भएकालेे खोप लगाउन आवश्यक रहेको स्वास्थ्यकर्मी बताउछन । यो अभियानमा डिपिटी-हेप बी-हिव, पिसीभि र आईपिभि खोप लगाउन छुटेका बालबालिकालाई समेत खोप लगाईने योजना रहेको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।

सन २०२६ सम्म दादुरा-रुबेला रोग निवारण गर्ने नेपालले प्रतिबद्धता गरेको छ । ०७६/७७ मा गरिएको सर्बेक्षणमा दादुरा रुबेला खोपको पहुँच कम्तीमा ९५ प्रतिशत हुनुपर्नेमा ८४ प्रतिशत मात्र भएकाले यो अभियान थालिएको छ । ०७९/०८० मा दादुरा रुबेलाको महामारी समेत देखिएकोले अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख पाण्डेको भनाई छ ।

त्यो वर्ष १ हजार ३४९ बालबालिकालाई दादुरा रुबेलाको संक्रमण देखिएको थियो । प्रमुख पाण्डेले अभियानमा जिल्लाका सबै बालबालिकाले खोप लगाउने वातावरण बनाउन सबै सरोकारवालालाई आग्रह समेत गर्नुभएको छ ।

सबैभन्दा बढी नौबहिनीमा, सबैभन्दा कम मल्लरानीमा
दादुरा रुबेलाको खोप लगाउने लक्ष्य अनुसार जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बालबालिका नौबहिनी गाउँपालिकामा रहेका छन । ९ वटा स्थानीय तहमध्ये नौबहिनीमा ३ हजार ६१४ बालबालिकालाई खोप दिने तयारी छ । भने, सबैभन्दा कम मल्लरानी गाउँपालिकामा छन । मल्लरानीमा १ हजार ३९८ बालबालिकालाई खोप दिने लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय