महेश थापा

प्यूठान । नौबहिनी गाउँपालिका प्यूठानले पनि गाउँपालिका नगर प्रहरी भर्ना गरेकोछ । यसअघि प्यूठानका सरुमारानी, गौमुखी, माण्डवी गाउँपालिकाले गाउँपालिका नगरप्रहरी भर्ना गरेका थिए ।

नौबहिनी गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि २०८० बमोजिम तीन जना नगर प्रहरी भर्ना गरेको गाउपालिकाले जनाएको छ ।

 

बरिष्ठ गाउँपालिका नगर प्रहरी १ जना र गाउँपालिका नगर प्रहरी २ जनाले २४ कार्यदिनको तालिम पश्चात आईतबार एक कार्यक्रमका वीच भर्ना भएका नगर प्रहरीलाई दिक्षान्त समारोह गरी काममा लगाईएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो ।

 


इलाका प्रहरी कार्यालय बाहानेले २४ कार्यदिनको उक्त तालिम प्रदान गरेको थियो ।

कार्यबिधी बमोजिम तोकिएका काममा नगरप्रहरी परिचालन गरिने गाउँपालिकाका अध्यक्ष डिलबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय