प्यूठान । माण्डवी गाउँपालिकाले पालिकाका विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ । पालिकाको १५ औं गाउँसभामा कार्यसम्पादनको मुल्यांकन तथा योगदानको कदर गर्दै उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो ।
इन्जिनियर हेमराज बस्नेत, सूचना प्रविधि अधिकृत अनिल अधिकारी, सी.अ.हे.व. नारायण जी.सी, खा.पा.स.टे. कमल योगी, एम.आई .एस. अपरेटर खिम बहादुर घर्ति, ना.प.से.प्रा. कौशल अधिकारी, कार्यालय सहयोगी रुक बहादुर अधिकारी क्षेत्री, कार्यालय सहयोगी सुष्मा थापा र गाउँ प्रहरी जवान दिपक थापालाई नगद पुरस्कार र प्रमाण पत्रका साथ दोसल्ला ओढाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

१५ औं गाउसभा एवं हिउदे अधिवेशनको तेश्रो बैठकले स्थानीय शिक्षा ऐन २०८०, स्वास्थ्य सेवा ऐन २०७८ पहिलो संशोधन¸ गाउँपालिकाको संस्था दर्ता ऐन २०७८ को पहिलो संशोधन, बालविकास केन्द्रको नाम परिवर्तन तथा कक्षा थप घट सम्बन्धि प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशन प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले संचालन गर्नु भएको थियो । सभामा गाउँपालिकाका उपाध्यक्ष, ५ वटै वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, गाउँपालिकामा कार्यरत कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।सभाका अध्यक्षले अधिवेशन अन्त्य भएको पत्र सुनाउनु भएको थियो ।



S.K. Creative Media Group