प्यूठान । मल्लरानी गाउँपालिका-३ का वडा अध्यक्ष नोमराज पौडेलले आमाको जन्मदिनमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

आफुले पाउने एक महिनाको सेवा सुविधा (२५ हजार रुपियाँ) वडाकै सरस्वती आधारभुत विद्यालयमा वुवा आमाको नाममा केशवराज बेला कुमारी अध्यक्ष कोष स्थापना गर्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

वुवाआमाको खुशी र विधार्थीको शैक्षिक सुधारमा आउने अपेक्षासहित अक्षय कोषबाट आएको ब्याजले शैक्षिक सामग्री प्रदान गरिने उहाँको भनाई छ ।

यसअघि अध्यक्ष पौडेलले पहिलो महिनाको सेवा सुविधा नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखामा केशवराज बेलाकुमारी अक्षयकोष स्थापना गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय