प्यूठान । सरुमारानी गाउँपालिकाको हिउँदे अधिवेशनले बिभिन्न ५ वटा विधेयक पारित गरेको छ । दोस्रो गाउँसभाको १४ औं अधिवेशनको तेस्रो बैठक ५ वटा विधेयक पारित गर्दै अन्त्य भएको छ ।
सभाले सरुमारानी गाउँपालिकाको नगर प्रहरी सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक २०८०, खानेपानी तथा सरसफाइ र स्वच्छता सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, दलित सशक्तीकरण विधेयक २०८०, स्थानीय तह सहकारी ऐन २०७५ को प्रथम संशोधित विधेयक २०८० र वन व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ को प्रथम संशोधन विधेयक पारित गरेको छ ।
गाउँसभा समापन समारोहलाई सम्बोधन गर्दै सरुमारानी गाउँपालिकाका अध्यक्षले गाउँपालिकाको समग्र विकासको लागि जनप्रतिनिधि र कर्मचारी जनताको सेवाको लागि सधै प्रयत्नशिल रहेको बताउनु भयो ।