सरुमारानी । सरुमारानी गाउँपालिका-१ का किसानलाई भैंसीपालन तालिम संचालन गरिएको छ । सरुमारानी गाउँपालिकाले “किसान संग गाउँ सरकार कार्यक्रम “अन्तर्गत २ दिने स्थलगत भैंसीपालन तालिम संचालन गरेको हो ।
तालिममा वडा नं.१ मा कोरेली पाडी वितरण कार्यक्रममा छ्नौट भएका ३० जना किसानको सहभागिता रहेको थियो । तालिमा सरुमारानी गाउँपालिका पशु सेवा शाखा प्रमुख केशब गिरी र पशु स्वास्थ्य प्राविधिक नेत्र बहादुर के.सि.ले सहजीकरण गर्नु भएको थियो ।
वडा नम्बर १ का वडा अध्यक्ष नर बहादुर घर्तिको अध्यक्षता, सरुमारानी गाउँपालिकाको उपाध्यक्ष बसन्ता खड्काको प्रमुख आतिथ्यतामा एवम् सरुमारानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको बिशेष आतिथ्यतामा तालिम उद्घाटन भएको थियो ।