माण्डवी । माण्डवी गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई आँखा उपचार सम्वन्धि तालिम दिइएको छ । आँखा उपचार केन्द्र (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) बिजुवारको आयोजनामा एक दिने आँखा स्वास्थ्य सम्वन्धि तालिम दिइएको हो ।

पालिका भित्र रहेका ४१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएको केन्द्रका प्रमुख लक्ष्मी मल्लले जानकारी दिनुभयो । माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन)ले तालिमको उद्घाटन गनुभएको थियो ।

तालिमको सहजकिरण आँखा उपचार केन्द्रका प्रमुख लक्ष्मी मल्लले गर्नुभएको थियो । उक्त अवसरमा निःशुल्क चश्मा वितरण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय