स्नेहा के.सी.
झिमरुक । जिल्लाको झिमरुक गाउँपालिका-५ भ्यागुतेमा जेष्ठ नागरिक भवनको शिलान्यास गरिएको छ । बिहिवार बिहान वडा नम्बर ५ का वडा अध्यक्ष दधिराम पोख्रेलले एक कार्यक्रमका बिच भवनको उद्घाटन गर्नुभएको हो ।

झिमरुक गाउँपालिकाको २ लाख र संघीय सरकारको ३ लाख ७५ हजार गरि ५ लाख ७५ हजारको लागतमा जेष्ठ नागरिक भवन निर्माण हुन लागेको वडा अध्यक्ष दधिराम पोख्रेलले जानकारी दिनुभयो । अध्यक्ष पोख्रेलका अनुसार एउटा हल र कार्यालय कोठा सहितको एकतले भवन निर्माण यो आर्थिक वर्षमा सम्पन्न हुनेगरी उपभोक्ता समिति मार्फत सम्झौता भइ निर्माणकार्य सुरु हुन लागेको बताउनुभयो । भवन निर्माण भएपछि स्थानीय जेष्ठ नागरिक भेला हुने र समय बिताउन सहज हुने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

स्थानीय कृष्ण प्रसाद भट्टराई र ज्ञानेन्द्र राज भट्टराईले भवन निर्माण गर्न ४ आना जग्गा नि:शुल्क उपलब्ध गराएपछि जेष्ठ नागरिक भवन निर्माणको काम अगाडि बढेको हो । जग्गा दिने जग्गादातालाई गाउँपालिकाले धन्यवाद दिएको छ । मन्दिर गएर दानपुन्य गर्नु भन्दा समाजमा सामाजिक कार्यमा सहयोग गरेको जग्गादाता कृष्ण प्रसाद भट्टराईले बताउनुभयो । कार्यक्रम जनप्रतिनिधि, जग्गादाता, कर्मचारी, स्थानीय लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय