रोल्पा । रोल्पामा चन्द्र प्रभा माध्यमिक बिद्यालयले ५४ औं शिक्षा दिवसको अवसरमा पारेर विविध कार्यक्रमको आयोजना गरेर मनाएको छ। बुधबार रोल्पाको सुनिलस्मृती-३, मिझिङ स्थित चन्द्र प्रभा माध्यमिक बिद्यालयले प्रभात फेरि सहित विभिन्न सिर्जनात्मक क्रियाकलाप गरि मनाएको हो ।
यस अवसरमा मिझिङ रोल्पा स्थित स्कुलबाट सुरु भएको प्रभात फेरि गजुल चोक हुँदै गाउँ परिक्रमा गरेको थियो। विद्यार्थीहरूको हातमा शिक्षाको महत्त्व झल्काउने विभिन्न प्लेकार्डहरू रहेका थिए ।
हरेक हप्ता कुनै न कुनै सिर्जनात्मक गतिविधि सञ्चालन गरिरहने विद्यालयले शिक्षा दिवसको अवसरमा माबि र निमाबि तहमा तहगत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको बिद्यालयका शिक्षक घनश्याम आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्राबि तर्फ गणित दौड आयोजना समेत गरिएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको शिक्षक आचार्यले बताउनुभयो। त्यस्तै शिक्षा दिवसका अवसरमा परेर शैक्षिक सत्र २०८० सालको बार्षिक परिक्षाको नतिजामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि आज पुरस्कार बितरण गरिएको शिक्षक आचार्यले जानकारी दिनुभयो ।
बिद्यालयका प्रधानाध्यापक रत्नलाल सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बिद्यालयका शिक्षक घनश्याम आचार्यले राख्नुभएको थियो भने कार्यक्रम ब्यबस्थापनमा बिद्यालयका शिक्षक/शिक्षिकाहरु विद्युतजंग सिह ठकुरी, युवराज खत्री, पुन्य प्रसाद चौधरी, सीता शर्मा, जित बहादुर वलि, मिनाक्षी कुवर, शसिराम बिष्ट, राज कुमारी घर्ती लगाएत रहेको थियो। कार्यक्रम संचालक शिक्षक दुर्गा प्रसाद रोकाले गर्नुभएको थियो ।