काठमाडौँ । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । आयोगले दुई सय ७३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको हो ।

 

सूचना प्रकाशित गर्दै आयोगले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो । आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, मानवअधिकार सेवा र लेखापरीक्षण सेवाका लागि आवेदन खुला गरेको छ । इच्छुक योग्यता पुगेका उम्मेदवारले पुस १७ गते भित्र आवेदन दिन पाइने छ ।

 

आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना गरि जम्मा २ सय ७३ जना शाखा अधिकृत माग गरेको छ ।

दुई चरणमा हुने परिक्षामा लिखित, सीप परिक्षण, सामुहिक परिक्षण र अन्तार्वार्ता हुनेछ ।

पुस २४ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । यस पदमा अनलाइनमार्फत् आवेदन दिन सकिनेछ । शाखा अधिकृतको परीक्षा आगामी चैतमा हुने आयोगको सूचनामा उल्लेख छ । दर्खास्त दस्तु १ हजार २ सय र समावेशी समुहमा थप ४ सय शुल्क निर्धारण गरिएको छ । उमेदवारहरुले आयोगको वेबसाईटबाट दरखास्त दिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर