दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशको राजनितिक अवस्था जटिल मोडमा रहेको बताउनुभएको छ । आइतबार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विश्व राजनितिको भूराजनितिक द्धन्दको क्रिडास्थलका रुपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको बताउनुभयो ।

“सरकार यति कमजोर भएको छ कि बाह्य चलखेल र हस्तक्षेप अस्वभाविक रुपमा बढेको छ ।” उहाँले भन्नुभयो । वर्तमान सरकारले कुनै पनि काम गर्न नसकेको र भविष्यलाई समेत अन्धकारमा धकेल्न खोजिरहेको आरोप लगाउनुभयो ।

उहाँले मुलुकमा संघीयता कार्यान्वयन, संविधानको कार्यान्वयन, मुलुकको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितमा नेकपा एमालेले बाहेक कसैले पनि काम नगरेको दावी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय