लोकेन्द्र जि.सी.
पाउँ सरस्वती हामी सबैले, बिद्याको बरदान।
उज्यालो पारी हटाइदेउ, अशिक्षा अज्ञान।।

बोटमा लाएका कोपिला हामी, फुलाइदेउ फलाइदेउ
बालेर ज्योति अध्यारो चिर्छौ, पहिला जलाइदेउ।।

ज्ञान् र सीप बुद्धि बिबेक हामीलाइ बाडिदेउ।
शिक्षाको ज्योति छरेर तिमी मुसुक्क हासिहेउ।।

बिधाकि देबि सरस्वती तिमी, तिमी मै आस्था छ।
बिद्या र बुद्धि,ज्ञान् सीपको मधुरो बास्ना छ।।

चलाउछौ हात दिमाग साथ, तिम्रै करुणा पाई।
उन्नति तर्फ लम्काइदेउ माता, सन्तति हामीलाइ।।

तिम्रै आस्था भरोसा मानी, समिपमा घुमौला।
प्रेरणा तिम्रो, मेहेनत हाम्रो सफलता चुमौला।

प्रेरणाकि खानी, ज्ञान् कि धनी, तिमी छौ सर्बोपरी।
यी हातको मूल्य बढाइदेउ माता, सीप र कला भरी।।

दस औला जोडी प्राथाना हाम्रो बिधाकि खानीलाइ l
जीबनको सफल पथमा हिड्न, सिकाइदेउ हामीलाइ । अस्तु।।।

(जि.सी. गौमुखी माबि ठूलाबेसी, प्युठानमा कार्यरत शिक्षक हुनुहुन्छ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय