रिजन गिरी
प्यूठान। वडा स्तरीय क्रिकेट खेलमा चिसावाङ्गलाई हराउँदै रोयल अर्गेलीले उपाधि जितेको छ । जिल्लाको झिमरुक गाउँपालिका-६, अर्गेली बगरको खेलमैदान भएको फाइनल खेलमा चिसावाङ्गलाई हराउँदै रोयल अर्गेलीले उपाधि हात पारेको हो ।
बिहीवार भएको फाइनल खेलमा चिसावाङ्गले १२ ओभरमा ७६ रन बनाएको थियो । चिसावाङ्गले ७७ रनको टार्गेट रोयल अर्गेलीलाई दिएको थियो । चिसावाङ्गले दिएको ७७ रनको टार्गेट ११ ओभरमै पूरा गरेर रोयल अर्गेली पहिलो स्थान हासिल गरेको छ । दोस्रो स्थान चिसावाङ्ग र तेस्रो स्थान चिचिण्डेले हात पार्यो । जसमा रोयल अर्गेलीका खेलाडी सरगम ढकालले म्यान अफ द सिरिज हुनुभयो । दुई दिनसम्म चलेको क्रिकेट प्रतियोगितामा वडा भित्रका ६ टिम सहभागी रहेका थिए । खेलको अम्पायर रोशन ढकाल र बिशाल केसीले गर्नुभएको थियो भने स्कोर काउन्ट माधन पोख्रेलले गर्नुभएको थियो ।
क्रिकेट प्रतियोगितामा बिजयी प्रथम, द्धितिय र तृतीय हुने टिमलाई क्रमश नगद १० हजार, ८ हजार, ५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो । म्यान अफ द सिरिज हुने सरगम ढकाललाई १ हजार ५ सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय खेल क्षेत्रमा युवाहरु आकर्षक बढ्दै जानू सकारात्मक भएकोले खेलकुदलाई थप व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । आगामी वर्षदेखि क्रिकेट खेललाई सुधार र बिस्तार गर्न थप योजना बनाइ भौतिक पुर्वाधार समेत निर्माण गर्नेतर्फ आफू प्रतिबद्ध रहेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
झिमरुक गाउँपालिका-६ नम्बर वडा कार्यालयको आयोजनामा सुरु भएको खेलको बुधबार गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले उद्घाटन गर्नुभएको थियो। खेलकुद क्षेत्रको बिकासमा सबैको सहकार्य जरुरी रहेको उपाध्यक्ष पोख्रेलले बताउनुभयो । खेलको बिकास र खेलाडीको हौसलाको निम्ति आफु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
झिमरुक-६, का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा आज भएको पुरस्कार वितरण तथा समापन कार्यक्रममा वडा सदस्य हेमराज भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन पालिका कर्मचारी सरोज पोख्रेलले गर्नुभयो । खेल हेर्न स्थानीय देखि खेलप्रेमी खेलाडी लगायतको बाक्लो उपस्थिति रहेको थियो । खेलाडीलाई वडा अध्यक्ष, वडा सदस्य र अम्पायरले संयुक्तरूपमा अबिर टीका सहित नगद, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
खेलमैदान अभावमा खेलमा समस्या भएकोले खेलाडीले खेल खेलमैदान सहित आगामी वर्षदेखि खेललाई थप व्यवस्थित बनाउन समेत आग्रह गरेका थिए । गाउँ तहबाटै खेलाडीको हौसलाको लागि खेलमा लगानीको दायरा फराकिलो बनाउन खेलाडीले स्थानीय तहका जनप्रतिनिधिलाई अनुरोध गरे ।










S.K. Creative Media Group