प्यार अलि खान

प्युठान । सडक अतिक्रण खुलाउन प्यूठान नगरपालिका एक्सनमा उत्रिएको छ। जिल्लाकै अति व्यस्त मानिने प्यूठान नगरपालिका वडा नं ८ स्थित उपल्लो बाग्दुला बजारको अतिक्रमित सडक खुलाउन प्यूठान नगरपालिकाका जनप्रतिनिधि डोजरनै लिएर पुगेका हुन ।
अतिक्रमित सडक विस्तार गर्न खोज्दा केही स्थानीय तथा नगरपालिकाको टिमबीच विवाद समेत देखा पर्यो ।अतिक्रमित सडकलाई खुला राखी निर्वाध रुपमा सवारी साधन सञ्चालन गरिने मेयर विष्णु योगीले बताउनुभयो ।


‘सडक अवरोध गरेर व्यापार गर्न पाइँदैन।’ मेयर योगीले भने, ‘सामाजिक काममा सबैले सहकार्य गर्न अपरिहार्य छ।’
सडक क्षेत्रनै ओगटेर स्थानीय व्यवसायीहरुले व्यापार गर्दा समस्या आएको स्थानीय बासु पण्डितले बताउनुभयो ।

‘दिनभर बाटो छेकेर ट्रक तथा बसमा लोड अनलोड गरी व्यापार गर्दा बाटोमा सर्वसाधारणलाई हिँड्नै गार्हो भयो।’ पण्डितले भन्नुभयो, ‘ विकासका लागि सबै पक्ष कम्प्रोमाइज हुन जरुरी छ।’

वन वे प्रणाली लागु गरि बजार क्षेत्रमा रहेका दुबै सडकमा सवारी साधनको सञ्चालनलाई व्यवस्थित गरिने वडा अध्यक्ष पदम बहादुर थापाले बताउनुभयो ।

बाग्दुला बजार देखि बाहाने जाने सवारीसाधन अहिले चलिरहेको सडक हुँदै जाने र बाहाने देखि बाग्दुला आउने सवारी साधन भित्री बजार क्षेत्रको सडक हुँदै आउनेबारे छलफल गरि चाँडै निष्कर्षमा पुगिने थापाले जानकारी गराए। सडकमा वन वे को जानकारी गराउन सुचना पार्टी राख्नेछौं।’ थापाले भन्नुभयो, ‘अब दोहोरै बाटो भएर सवारी साधन चलाइने छ।’
यस सडकमा स्थानीय व्यवसायीहरुले ठूला तथा साना सवारीसाधन दिनभर सडकमै राखी लोड तथा अनलोड गर्दा सडक दिनभर जाम हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय