अनिल खत्री
गुल्मी । गुल्मीमा सशस्त्र प्रहरी वल गुल्मले उत्कृष्ट कार्य सम्पादन गर्ने ४ जना सुरक्षाकर्मीलाई पुरस्कृत गरेको छ । सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीले १० औं स्थापना दिवस अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गर्ने ४ जना सुरक्षा कर्मीलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेहरुमा सशस्त्र प्रहरी नायब निरीक्षक खडग सिंह पेमी, बरिष्ठ हवल्दार जीवन खत्री, सहायक हवल्दार पर्वथ घर्ति रोक्का र परिचर मनोजकु ठाकुर रहेका छन् । दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३७ गुल्म हेडक्वाटर गुल्मीको एक कार्यक्रमको आयोजना गरेर सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले पुरस्कृत हुनेहरुलाई सम्मान गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल गुल्मीले १० औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाएको छ । दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर विन्ध्यावासिनी बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले सहभागितामा विभिन्न कार्यक्रम गरेर मनाइएको जनाएको छ ।

स्थापना दिवसको अवसरमा प्रमुख अतिथि समेत रहेका सशस्त्र प्रहरी बल ५ नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालयका प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले स्थापना दिवसले प्रहरीको मनोवलमा पनि अझ बृद्धि गरेर नागरिकको सेवामा सधै तत्पर रहन आग्रह गर्नुभयो । बिपद् व्यवस्थापन, उद्दार लगायत विभिन्न क्रियाकलापमा खेलेको भूमिकाको प्रशंसा गर्दै अझ बढी नागरिकको जिउ धनको सुरक्षा गर्न सधै चनाखो रहन निर्देशन दिनुभयो।

उनले शान्ति सुरक्षा कायम राखि जनताको जिउ धनको सुरक्षा गर्न साझा दायित्वमा निरन्तर सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो । दिवसको अवसरमा भिविन्न विधामा खेलहरुमा पुरस्कृत हुनेहरलाई पनि सम्मान गरिएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मी हेडक्वाटरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक संजीव काकीले सबैको साथ सहयोगले कुनै विपद्हरुको उद्धारमा सहयोग मिलेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय