प्युठान । स्वर्गद्वारी नगरपालिका- ५ आमडाँडामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु २ च ६१ नम्बरको डबल क्याप जिप दुर्घटनामा सोही ठाउँका स्थानीय ६८ वर्षीय झमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।

 

दुर्घटनामा पाँच जना घाईते भएका छन । गम्भीर घाइते स्वर्गद्वारी नगरपालिका-५ का ५६ कि चुरा कुमारी घर्ती मगर, ४० कि अमि घर्ती मगर र सुनिल स्मृति गाउँपालिका-४ रोल्पाका २४ वर्षीय टोप बहादुर रोका मगरलाई भैरहवा रिफर गरिएको खनालले जानकारी दिनुभयो । स्थानीय ५५ वर्षीय कबिराज घर्ती मगर र ५५ वर्षीय कृष्ण घर्ती मगरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

जीप अनियन्त्रीत भई बाटोदेखी २० मिटर तल खसेको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो । घटनास्थल पुगेर प्रहरी प्रमुख ईश्वर थापाको टोलीले दुर्घटनाको अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय