दाङ । राप्ती इञ्जिनियरिङ कलेजले व्याचुलर तर्फको विद्यार्थी सम्मीलित खेल सप्ताह कार्यक्रम शुरु गरेको छ । कलेजले विद्यार्थीलाई पढाई संगै खेलसँग जोड्ने र खेल मार्फत पनि अगाडि बढ्न सहयोग होस भन्ने उदेश्यले खेलकुद कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको हो ।

शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भिमसेन गिरीले खेल मार्फत विद्यार्थीहरुको समग्र अनुशासन संगै शारीरिक मानसिक रुपमा समेत विकास हुने भएकोले सबै विद्यार्थीहरुले खेलमा रुचि बढाउनुपर्ने बताउनु भएको छ । आज राप्ती इञ्जिनियरिङ कलेजले व्याचुलर तर्फको विद्यार्थी सम्मीलित खेल सप्ताह कार्यक्रमको उद्घाटन गर्दै डा. गिरीले खेलकुद मार्फत विद्यार्थीलाई रचनात्मक प्रतिस्प्रर्धामा लैजान भुमिका खेल्ने भएकोले सबैलाई खेलमा अग्रसर हुन आग्रह गर्नुभयो । खेलले विद्यार्थीको आत्मविश्वास बढाँउने भएकोले अनुशासन भएर खेलमा सहभागी हुन विद्यार्थीलाई डा.गिरीले सुझाए ।

कलेजमा खेल सात दिनसम्म चल्ने राप्ती इञ्जिनियरिङ कलेजले जानकारी दिएको छ । खेलकुद अन्तर्गत ब्याडमिन्टन, कुर्ची दौड, घैटोफोड, तातोआलु, सटपुट, दौड, चेस, हाजिरी जवाफ, फुटवल, क्रिकेट, भलिवल, बस्केटबल, टेवलटेनिस लगाएतका बिभिन्न खेलको आयोजना गर्ने कलेजले जानकारी दिएको छ ।
कलेजका विई सिभिल सातौँ सेमेष्टरका विद्यार्थी छन्द प्रसाद चौलागाईको अध्यक्ष्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीको रहेको थियो ।

कार्यक्रममा कलेजका विई सिभिल विभागिय प्रमुख ई. विआर जोशी, विसिए विभागका विभागिय प्रमुख विश्वबन्धु थापा लगाएतले खेलको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शाक्तिसिंङ रोकायले गर्नुभयो । कार्यक्रममा शिक्षक, विद्यार्थी, खेलाडी लगाएतको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group