प्युठान । जिल्लाको झिनरुक गाउँपालिकामा सन्तानको रहर पुगेका दम्पतीहरुको लागि स्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ । स्वास्थ कार्यालय प्युठानको आयोजना तथा झिमरुक गाउँपालिकाको सहकार्यमा परिवारको रहर पुगेका दम्पतीहरुको लागी परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर संचालन हुन लागेको हो ।

झिमरुक गाउँपालिका वडा नम्बर ५, ढाडबजार स्थित ओखरकोट स्वास्थ्य चौकीमा यहीँ पुस १८ गते बिहान ८ बजेदेखी दिउँसो ३ बजेसम्म शिविर संचालन गरिने झिमरुक गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ । इच्छुक दम्पतीले समयमै सम्पर्क गर्नुहुन्छ समेत गाउँपालिकाले अनुरोध गरेको छ । शिविरबाट इच्छुक दम्पतीले निशुल्क रुपमा सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय