प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आखाँका रोगीहरुलाई मध्यनजर गर्दै आखाँ जाँच शिविर संचालन गर्ने भएको छ । गाउँपालिका भरका ४० वर्ष माथिका आखाँमा समस्या भएका सबै नागरिकले आखाँ जाँच शिविरबाट सेवा लिन सक्ने गाउँपालिकाले जनाएको छ ।

नरेन्द्र गायत्री आँखा अस्पताल, आखाँ उपचार केन्द्र विजुवारको आयोजना तथा झिमरुक गाउँपालिकाको समन्वयमा आखाँ जाँच शिविर संचालन गर्न लागिएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । आखाँको समस्या भएका आम झिमरुक बासीहरुले शिविरमा आएर आखाँ जाँच गराउन उहाँले अनुरोध गर्नुभएको छ ।

यही पौष १६ गते बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म शिविर संचालन हुनेछ । झिमरुक-५, मच्छी स्थित बाल शिक्षा माध्यमिक बिद्यालयको (१-८) संचाल भएको मच्छी बजारमा रहेको भवनमा आखाँ जाँच शिविर हुने गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय