प्युठान । जिल्लामा साहित्य परिषद् प्युठानले ६ जना स्रष्टालाई सम्मानको लागि छनोट गरेको छ। साहित्य परिषद् प्युठानको पुष ६ गते बसेको स्रष्टा छनोट समितिको बैठकले साहित्य तथा विभिन्न बिधामा उल्लेखनीय योगदान पुर्यानुहुने ६ जना स्रष्टालाई छनोट गर्ने निर्णय गरेको हो ।
स्रष्टा छनोट समितीका अनुसार बिजयराज आचार्य, शशीधर भण्डारी, सिता बिक, सुशील पोख्रेल, राम प्रसाद पोख्रेल र लोकेन्द्र जिसीलाई सम्मानको लागि निर्णय भएको साहित्य परिषद् प्युठानकी अध्यक्ष बिमला खनालले जानकारी दिनुभयो ।
अध्यक्ष खनालका अनुसार बिजयराज आचार्य र शशीधर भण्डारीलाई भुपेन्द्र स्मृति पुरस्कार, सिता बिकलाई मिना साहित्य पुरस्कार, सुशील पोख्रेललाई ठगीदेवी साहित्य पत्रकारिता पुरस्कार, रामप्रसाद पोख्रेललाई कर्नेल नर लिला साहित्य पुरस्कार र लोकेन्द्र जिसीलाई नवप्रतिभा पुरस्कार प्रदान गरिने बताउनुभयो ।
नेपाली भाषा साहित्यको क्षेत्रमामा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उहाँहरुलाई सम्मान गर्न लागिएको अध्यक्ष खनालले बताउनुभयो। सम्मानको लागि छनौट भएका स्रष्टालाई माघ ३ गते साहित्य परिषद् प्युठानको २९ औं स्थापना दिवसको अवसरमा नगद र प्रमाणपत्र सहित सम्मान गरिने अध्यक्ष खनालले जानकारी दिनुभयो ।