प्युठान । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा प्युठानकाे छैठौं अधिवेशनले रमेश गिरीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा प्युठानकाे १३ औं साधारणसभा तथा छैठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेकाे हो ।

समितिको प्रथम उपाध्यक्ष बलदेव आचार्य, द्धितिय उपाध्यक्ष टिकाराम पुन, सचिव श्रीधर रिजाल, काेषाध्यक्ष जगत जिसी, सदस्य अर्जुन बहादुर केसी, प्रकाश जिसी, चन्द्रकला श्रेष्ठ, खेमराज सुवेदी, कृष्ण राेकाय र टिकाराम शर्मा रहनु भएकाे छ ।

अधिवेशनले प्रदेश प्रतिनिधिमा रूक बहादुर खत्री, केन्द्रीय प्रतिनिधिमा ईश्वर विस्ट र विनाेद भण्डारीलाई चयन गरेको छ ।
जिल्ला अधिवेशनमा प्रदेश सदस्य मुक्ति प्रसाद पन्थी, प्युठान नगरपालिकाका संस्थापक मेयर अर्जुन कुमार कक्षपती, जिल्ला शिक्षा समवन्य ईकाईका प्रमुख शिब पण्डित , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व केन्द्रीय सदस्य बालाराम पाेख्रेल, लगायतका अतिथिहरूले अधिवेशनकाे सफलताको शुभकामना दिनुभएकाे थियाे ।

जिल्ला सचिव श्रीधर रिजालले प्रगति प्रतिवेदन ,काेषाध्यक्ष जगत जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे भने प्रथम उपाध्यक्ष रमेश गिरीले स्वागत भाषण गर्नु भएकाे कार्यक्रमकाे अध्यक्षता जिल्ला अध्यक्ष शुभास चन्द्र भण्डारीले गर्नु भएको थियाे । कार्यक्रमकाे संचालन जिल्ला सचिव श्रीधर रिजालले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय