
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सहज र सरल तरिकाले सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।
चार तले भवन ८ करोड ४८ लाख ११ हजार ४२० रुपियाँको लागतमा निर्माण भएको हो । भवन निर्माणको जिम्मा श्रेष्ठ महादेव खिम्ती जेभीले पाएको थियो ।
२०७७ पुस १७ मा सम्झौता भई २०७९ पुस १६ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि दुई पटक म्याद थपगरी प्रशासकीय भवनको निर्माण भएको हो । पछिल्लो थप भएको म्यादअनुसार पुस मसान्तसम्म कार्य सम्पन्न गर्नुपर्ने सम्झौता छ । भवन निर्माण गर्ने निर्माण ब्यवसायी हरिकुमार श्रेष्ठलाई सम्मान गरिएको थियोे ।