अनिल नेपाली
अर्घाखाँची। नेपाल कम्युनिष्ट पार्टी बिप्लब निकटको सामना सांस्कृतिक परिवारले अर्घाखाँचीको सन्धिखर्कमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ । सामना जनसंगित अभियान २०८० सम्पन्न गर्न कपिलबस्तु ,दाङ्ग ,प्युठान, हुँदै अर्घाखाँची आएको सामना साँस्कृतिक परिवार पश्चिम लुम्बिनी ब्युरोको एक टोलीले शुक्रबार सन्धिखर्कमा विभिन्न जनवादि गीत तथा नृत्यहरू प्रस्तुत गरेको हो ।

सांस्कृतिक संयोजक देवराज सिंले यतिबेला राष्ट्र राष्ट्रियता ,जनतन्त्र र जनजिविकाको सवालमा राज्यसत्ता चुकेको बताउनुभएको छ । उहाँले सरकारले एमसिसि जस्तो राष्ट्रघाँती सम्झौता पास गरेर देशलाई बिदेशीको चङ्गोलमा फसाउन खोजेको आरोप लगाउनुभएको छ । राष्ट्र र राष्ट्रियताको निम्ति सामना सांस्कृतिक परिवारले गीतको माध्यमबाट जनतालाई जागरुक बनाउदै हिडेको उहाँले बताउनुभयो।

कार्यक्रममा नेकपा बिप्लबका पार्टी जिल्ला सल्लाहकार “प्रवास” ले राष्ट्रीयताको बिषयमा सम्पुर्ण देशभक्तहरू एकजुट भएर अघि बड्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले गणतन्त्रको यात्रामा आईपुग्दा समेत जनताले साँचो परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसक्ने बताउनुभयो ।

देशको पछिल्लो संकटले देशलाई सहि ठाउँमा नपुर्‍याउने भन्दै गाउँ गाउँमा जनताको जागरणको लागि सांस्कृतिक अभियान थालेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय