माधव वेलबासे
कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा बजारमा जेब्रा क्रसिङ ,लाइन मार्किङ गर्ने काम शुरु गरिएको छ । चन्द्रौटा बजार क्षेत्रमा यातायात र पार्किङलाई व्यवस्थित गर्न सडक मार्किङ गर्ने काम थालिएको हो ।
अत्यन्तै साँघुरा सड्क, बढ्दो सवारी चाप, पैदल यात्रुको जथाभावी सड्क काट्ने बानी लगायत कारणले सडक दुर्घटना जोखिम बढेको प्रहरीले बताएको छ । बढ्दो ट्राफिक जाम नियन्त्रणको लागि जेब्रा क्रसिङ र लाइन मार्किङ गर्ने कार्यलाई तिब्रता दिएको ट्राफिक प्रहरीले जनाएको छ ।
बढ्दो ट्राफिक समस्याले स्थानीय बासि र पैदल यात्रु निकै समस्यामा परेको गुनासो आएकोले ट्राफिक नियमलाई थप व्यबस्थित बनाउन थालिएको हो । दैनिक जसो हुने साना ठुला दुर्घटनालाई रोक्न चन्द्रौटा ट्राफिकले चेकजाचलाई समेत कडाइ गरेको छ । तिब्र ध्वनिमा दौडने मोटरसाइकल पुर्ण रुप नियन्त्रण लिएको चन्द्रौटाका ट्राफिक पोष्ट्का इन्चार्ज प्रहरी नायब निरीक्षक दामोदर मल्लले बताउनुभयो । लुम्बिनी प्रदेशको राजधानी नजिक रहेको यो बजारलाई थप व्यवस्थित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
अहिले यो क्षेत्रमा जेब्रा क्रसिङ तथा लाईन मार्किङको काम समेत सम्पन्न भएको छ । यो कार्यले बजार सुन्दरता सँगै पैदलयात्रुलाई आउजाउ गर्न समेत सहजता भएको स्थानीयले बताएका छन् ।
बजार क्षेत्रमा जेब्राक्रसिङ नहुदा पैदल यात्रुलाई सडक पार गर्न समस्या भएको भन्दै नगरपालिका सँगको समन्वयमा जेब्रा क्रसिङ बनाउने काम सुरु गरिएको मल्लले बताउनुभयो । त्यस्तै चन्द्रौटामै ट्राफिक संकेत बोर्ड समेत राखेको र संकेत बोर्ड अन्य ४ स्थानमा राखिने प्रहरी नायब निरीक्षक मल्लले बताउनुभयो ।
बजारमा पार्किङ तथा जथाभावी ठेलाहरुले बजारलाइ कुरुप बनाएकोले व्यवस्थापन गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।