अर्घाखाँची । महेन्द्र राजमार्ग अन्तर्गत को शितगङ्गा नगरपालिका–८ सातमाराको राप्ति पुल नजिकै ट्रक दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

 

मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिनुभयो ।

 

ना ६ ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो । उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर