प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा जिल्ला विपद ब्यवस्थापन समिति र गाउँ बिपद् व्यवस्थापन समिति बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकले जिल्ला विपद ब्यवस्थापन समिति र गाउँ बिपद् व्यवस्थापन समितिलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको हो ।

गाउँपालिका क्षेत्रभित्र हुने बिपद्का घटनाहरुलाई न्यूनीकरण गर्न चाल्नुपर्ने कदम, जोखिममा परेका ब्यक्ति तथा समुदायलाई राहत तथा उद्धार, बिपद् उद्धारका सामाग्री त्यसको लागि बजेट ब्यवस्था कसरी गर्ने भन्ने विषयमा छलफल भएको भएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले बताउनुभयो ।

जिल्ला विपद् ब्यवस्थापन समिति र गाउँ बिपद् व्यवस्थापन समितिको भुमिकाको बिषयमा छलफल भएको उहाँले बताउनुभएको छ ।

बिपद् पर्दा उद्धार सामाग्री सहितको जनशक्ति आवश्यक पर्ने भएकोले दक्ष जनशक्ति र खर्चको ब्यवस्थापनमा तिनै तहका सरकारले तदारुकता देखाउनुपर्ने गाउँ पालिका अध्यक्ष पित बहादुर महतराक्षेत्रीले बताउनुभयो । यसको लागि कतिपय कानुनी जटिलता भएकोले सरकारले स्पष्ट कानुन निर्माण गर्न ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । स्थानीय सरकारको सिमित स्रोत साधनको कमिले बिपदमा परेकाहरूलाई राहत, उद्धार र पुनःस्थापन गर्न समस्या परेकोले प्रदेश र संघ सरकारले यस बिषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै पछिल्लो समय किसानको खेतिबालीमा जङ्गली जनावरको आतंक फैलिएकोले यसलाई नियन्त्रण गर्न आवश्यक कानुन र सरकारले पहल थाल्नुपर्ने गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रहेको थियो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही डिभिजन बन कार्यालय प्रमुख शंकर प्रसाद गुप्ता, गाउँ बिपद् व्यवस्थापन समितिका अन्य पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय