प्युठान । सरुमारानी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिताको विषयकमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
बिहिवार गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गरेको कार्य सम्पादन, कामको प्रभावकारिता, नागरिकको सन्तुष्टि र गुनासो सुनुवाई गर्ने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
पालिकाले गरेका हरेक कार्यक्रम, योजना र प्रदान गरिएका सेवाको पारदर्शिता संगै सुनिश्चित गर्नका लागि प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्दै आइरहेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्मा बताउनुभयो । पालिकाले गरेका हरेक काम कार्वाहीको समिक्षा गरि आगामी दिनमा कार्यालयले प्रदान गर्ने सबै सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा रहेको अध्यक्ष विश्वकर्मा बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । पालिकाको सेवा प्रबाह र योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त बनाइ कार्यान्वयनमा लैजाने अध्यक्ष बिश्वकर्माले बताउनुभयो । जनताको गुनासो र सुझावलाई आत्मसात गर्दै कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो । आर्थिक वर्षको पहिलो चौमासिक प्रतिवेदन प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्यले सहभागी बिच प्रस्तुत गर्नुभएको थियो ।

पालिकाले गरेका कार्य सम्पादन र सार्वजनिक सेवा प्रबाहको प्रभावकारिताको बिषयमा ९ जना सहभागी नागरिकहरुले आफनो गुनासो र सुझाव राखेका थिए । सहभागीहरुले पालिकाले गरेको गतिविधि, विकास निर्माण, बजार व्यवस्थापन, सेवा प्रबाह लगायतका विषयमा आफ्नो जिज्ञासा, सुझाव राख्नुभएको थियो ।
नागरिकबाट विभिन्न बिषयमा उठेका सवाल तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष झक बहादुर बिश्वकर्मा प्रमुख प्रशासकिय अधिकृत देविराम पाठक र सम्बन्धित शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो ।
सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, पालिका भित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघसंस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, बुद्धिजिबि, ब्यापारी लगाएत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group