सरद बिष्ट
प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाले कक्षा ८ को नतिजा प्रकाशन गरेको छ । नगरपालिका भित्रका १९ विद्यालयका ६ सय ९७ जना विद्यार्थीमध्ये ८३ जना अर्थात् १२% विद्यार्थी उत्तीर्ण भएका छन् ।

स्वर्गद्वारी नगरपालिका प्यूठानले लिएको आधारभुत तह अन्तर्गत कक्षा ८ को नगरस्तरिय वार्षिक परीक्षा २०८० मा लोक चेतना एकेडेमीका करण शर्मा नगरपालिका प्रथम भएको स्वर्गद्वारी नगरपालिकाले ३.८४ जि. पि. ए. ल्याई नगर प्रथम स्थान हासिल गर्नुभएको छ ।

त्यस्तै सोही स्कुलकै दिपेन्द्र घर्ती द्वितीय ३.७१ जिपिए र मुस्कान रोकाले ३.६८ जिपिए ल्याई तृतिय हुन सफल हुनुभएको हो। लोक चेतना एकेडेमीमा ३८ जना विद्यार्थी रहेकोमा २१ जना उत्रिण भएको बिद्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय