सागर रिजाल
प्युठान । ऐरावती गाउँपालिका -२ स्थित बरौला स्वास्थ्य चौकीमा भएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाले सेवा लिएका छन् । नेपाल नेत्रज्योती संघ,प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्यूठानको आयोजना तथा ऐरावती गाउँपालिकाको समन्वयमा शनिबार बरौलामा शिविर सम्पन्न भएको हो ।
आँखा शिविरमा १ सय ७ जना पुरुष र १३४ जना महिला गरी २ सय ४१ जनाले जनाले सेवा लिएको नेपाल नेत्रज्योती संघ,प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालका प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिनुभयो । आँखा चेक जाँच गराएका मध्यो १५ जनामा मोतिया बिन्दु भेटिएको उहाँले बताउनुभयो । मोतियाबिन्दु देखिएकाको चैत २९ गते आँखा अस्पताल बिजुवारमा शल्यक्रिया गरिने छ ।
शिविरबाट ७४ जनालाई चस्मा बितरण गरिएको थियो भने अन्यलाई औसधि वितरण गरिएको थियो । शिविरमा पालिकाका विभिन्न स्थानबाट सेवा लिन आएका थिए । आफ्नै ठाउमा शिविर संचालन हुदा यहाँका स्थानीय खुसी भएका थिए ।