प्यूठान । प्यूठान उद्योग वाणिज्य संघले नयाँ व्यवसायीलाई संघमा आवद्ध गराउने र पुराना व्यवसायको सदस्यता नविकरण गर्ने अभियान थालेको छ । प्रत्येक वर्ष सदस्यता दर्ता तथा नविकरणको लागि घुम्ति शिविर सञ्चालन गर्दै आएको संघले सोमबारदेखि अभियान शुरु गरेको छ ।

सोमबार मल्लरानी बजार क्षेत्रको चुजाठाँटीबाट घुम्ति शिविरको शुरुवात गरिएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो । अभियान यहि असार ३२ गतेसम्म चल्नेछ । असार १७ गते ऐरावती बजार क्षेत्रको कैरन र बरौला, १८ र १९ गते झिमरुक बजार क्षेत्रको ढाड, मच्छी, सौतामारे फेदी, बांगेफेदी, २० गते गौमुखी बजार क्षेत्रको ठुलावेशी, २२ गते सरुमारानी बजार क्षेत्रको बड्डाँडा र दरभानमा घुम्ती शिविर गरिने कार्यतालिका छ ।

त्यसैगरी असार २३ गते माण्डवी बजार क्षेत्रको देविस्थान र चकचके, २४ र २५ गते स्वर्गद्धारी नगर बजार क्षेत्रको भिंगृ र धरमपानी, २६ गते नौबहिन बजार क्षेत्रको बाहानेमा शिविर हुनेछ । २९, ३०, ३१ र ३२ गते प्यूठान नगर बजार क्षेत्रको दाखाक्वाडी, जुम्री, विजुवार, खप्रेङखोला, बाग्दुला, जुम्रीकाँडा र मरन्ठानामा शिविर सञ्चालन हुने कार्यकारी निर्देशक खनालले जानकारी दिनुभयो ।

घुम्ती शिविरमा संस्थाको निर्णय अनुसार ३० जना आजिवन सदस्यता थप गर्ने गरि आजिवन सदस्य समेत प्रदान गरिने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय