प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठानको विकासका लागि आफू निरन्तर लागिरहेको र आगामी दिनमा पनि निरन्तर लाग्ने बताउनुभएको छ । संयन्त्र बनाउन लागिएको उहाँको भनाई छ । प्रदेशका अरु जिल्लाको तुलनामा प्यूठान जिल्ला विकासमा पछि परेको भन्दै उहाँले प्ूुठान जिल्लाको विकासका लागि निरन्तर काम गर्दै आएको बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ प्यूठानले शुक्रबार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले प्यूठान जिल्लामा विकास बजेट विगतका वर्षमा भन्दा यसवर्ष बढी परेको दावी गर्नुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालमा बजेट परेन भनेर दुष्प्रचार गरिएको भन्दै प्यूठान जिल्लामा २ अर्व ४८ करोड ६२ लाख ५० हजार रुपियाँ बजेट परेको दावी गर्नुभयो । मन्त्रालय अर्न्तगत कतिपय बजेट दाङको शहरी विकास डिभिजन, कोहलपुरको पर्यटन डिभिजन अर्न्तगत रहने बताउनुभयो । उहाँले प्रदेशको बजेटको विषयलाई लिएर सामाजिक सञ्जालमा हतारमा टिप्पणी गरिएको गुनासो गर्नुभयो ।
उहाँले खानेपानीको समस्या सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो । १२ वटै जिल्लामा खानेपानी योजना अधुरो रहेको भन्दै उहाँले त्यस्ता योजना सम्पन्न गर्न प्रदेश सरकारले ७७ करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो ।
मन्त्री थापाले प्रदेश सरकारले गरेका योजना कार्यान्वयनको अवस्थालाई प्रभावकारी बनाउन अनुगमन संयन्त्र समेत बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि तयारी गरेको उहाँको भनाई छ । गुणस्तरीय योजना निर्माणका लागि समुदाय स्तरबाट पनि सहयोगको लागि आग्रह गर्नुभयो । प्रदेश सरकारका कतिपय योजना अलपत्र परेको भन्दै समयमै योजना सम्पन्न गर्नुका साथै गुणस्तरीय बनाउन अनुगमन गरिने उहाँको भनाई छ ।



S.K. Creative Media Group