प्युठान । एम्नेस्टी इन्टरनेशनल नेपाल समुह–३६ प्यूठानको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ओम बहुउदेश्यीय सहकारी संस्था खलंगाको सभाहलमा साधारणसभा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी एम्नेष्टी इन्टरनेशनल नेपालका नोमिनेसन कमिटी सदस्य कल्पना खड्काले जिल्लामा एम्नेष्टीले गरेका गतिविधिहरुलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा युथ नेटवर्क गठन गरेर युवाहरुलाई समेत मानवअधिकारको अभियानमा जोड्नुपर्ने धारणा राख्नुभयो ।
विशेष अतिथी एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष पार्वता आचार्यले अर्न्तराष्ट्रिय जन्मदातादेखी नेपालमासम्म वकिलले एम्नेष्टीको शुरुवात गरेको बताउनुभयो । बेलायतम पिटर बेनेन्सनले र नेपालमा नुतन थपलियाले एम्नेष्टीको स्थापना गर्नुभएको बताउनुभयो । प्यूठानमा २०५६ सालमा श्रीराम पोखे्रलको संयोजकत्वमा समुह–३६ गठन भएको उहाँले बताउनुभयो । उहाँले पछिल्लो समय एम्नेष्टीले मानवअधिकारसँगै सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारका लागि समेत अभियान चलाएको बताउनुभयो ।
समुह–३६ प्यूठानका पूर्व संयोजक झविन्द्र शर्माले अर्न्तराष्ट्रिय महत्व बोकेको यस संस्थाको गरिमालाई कायम राख्दै जिल्लाका सवै जनसमुदायलाई जानकारी गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले एम्नेष्टीको अभियानलाई थप उचाईमा लैजानुपर्ने बताउनुभयो । प्यूठान जिल्लाबाट एम्नेष्टीको केन्द्रीय कार्यसमितिमा समेत सहभागिता भएकोप्रति खुशी व्यक्त गर्दै अभियानलाई व्यापक बनाउन शुभकामना दिनुभयो ।
कार्यक्रममा रेडक्रस प्यूठानका मन्त्री दामोदर शर्मा, जेष्ठ नागरिक मञ्चका हरिहर लवटले शुभकामना मन्तव्य राख्नुभएको थियो । साधारणसभामा प्रगति प्रतिवेदन सचिव लोकेन्द्र सुनार र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधिका पन्थीले गर्नुभएको थियो । एम्नेष्टी इन्टरनेशनल नेपाल समुह–३६ प्यूठानका संयोजक शिवराज श्रेष्ठको अध्यक्षता, सह–संयोजक सुजल श्रेष्ठको स्वागत र सञ्चालन सचिव लोकेन्द्र सुनारले गर्नुभएको थियो ।






S.K. Creative Media Group