प्यूठान । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिले राजनीतिक दलका कारण नेपालकाे संविधानले महिलाका लागि दिएकाे अधिकार खाेसिएकाे बताउनुभएको छ ।
महिलाहरुमा भएको क्षमताकाे अबमुल्यन गरि दलहरुले स्थानीय तहकाे प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुने ब्यबस्था भएपनि गठबन्धनका नाउमा महिला सहभागिता नगराउने कार्यले महिला अधिकार खोसिएको बताउनुभएको हो ।
सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानले एकल महिलाका लागि सन्चालन गरेकाे २ दिने क्षमता बिकास कार्यक्रममा बाेल्दै घर्तिले राज्यकाे पुनःसंरचना भए पश्चात स्थानीय सरकारले लक्षित बर्गका कार्यक्रममा समेत ध्यान नदिएकाे बताउनुभएको छ ।
२ दिन चल्ने तालिमकाे उद्घाटन शत्रमा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरिले महिलाकाे सामाजिक तथा न्यायिक अधिकारका लागि आफुले प्रदेश सभामा आवाज उठाउने गरेकाे बताउनुभयो । गिरिले आफुले संसदमा महिला अधिकार तथा मानव बिकासका सुचकमा सुधार ल्याउने सबालमा आवाज उठाउने, आफ्नाे संसद बिकास काेषबाट लक्षित वर्गका कार्यक्रमका लागि बजेट ब्यबस्थापन गरेकाे बताउनुभयो ।
कार्यक्रममा जिल्लाका सबै स्थानिय तहका ६४ वडाबाट एकल महिलाहरुकाे सहभागिता रहेकाे छ ।
कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख दुर्गा रेग्मी प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर याेगी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले शुभकामना मन्तब्य राखेका थिए ।




S.K. Creative Media Group