प्यूठान । प्यूठानमा एक ब्यक्तिले धारीलो हतियार प्रहार गरी पुर्व श्रीमतीको हत्या गरेका छन ।

सरुमारानी गा.पा. ३ गोठेरी बस्ने २८ वर्षीया रुकमनि बराललाई
उनको पुर्व श्रीमान लिला बहादुर बरालले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करीब १० बजेको समयमा सरुमारानी गा.पा. ३ स्थित डिला परियारको घरमा गइ बसेको अबस्थामा ३० वर्षीय लिला बहादुर बरालले एक्कासी पुगेर रुकमनि बराललाई धारीलो हतियार चक्कु प्रहार गरी घाँटि रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिनुभयो ।

ऐरावती गा.पा. २ कात्तिके बस्ने लिला बहादुर बराल प्रहरीको नियन्त्रणमा आइसकेको र थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय