प्यूठान । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले आफ्नो संस्थाको संस्थागत निति नियम तथा रणनितिक योजनाको मध्यावधि समीक्षा गरिएको छ । ऐरावती गाउँपालिकाको बरौंलामा शुक्रबारदेखी समीक्षा गोष्ठी शुरु भएको हो ।
संस्थाले २०७९ देखी २०८४ सम्मका लागि पञ्चवर्षिय रणनितिक याजना बनाएको थियो । उक्त योजनाको मध्यावधि समीक्षा गर्दै समयानुकुल बनाउन लागिएको संस्थाका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले बताउनुभयो । “संस्थालाई जिवन्त बनाउनका लागि संस्थाको विधान, निति नियम, रणनितिक योजना समायानुकुल बनाउन आवश्यक छ,” उहाँले भन्नुभयो,“त्यसैले यी विषयमा व्यापक छलफल गरि प्रभावकारी कार्यान्वयनका लागि सुझाव लिएर सुधार गरिनेछ ।”
गोष्ठीमा संस्थाको पञ्चवर्षिय योजना, पञ्चवर्षिय रणनितिक कार्यदिशा, विद्यमान निती, नियमावलीमा समुहगत छलफल सहित समीक्षा, सुझाव, टिप्पणी गरिएको छ । गोष्ठीका संस्थाका पदाधिकारी, कर्मचारी, सदस्य लगायतको सहभागिता रहेको छ ।



S.K. Creative Media Group