प्यूठान । मल्लरानी गाउँपालिका–३ धरमपानी स्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दाह्री ग्याङ प्यूठानले शैक्षिक सामाग्री उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत ५० जना बालबालिकालाई झोला सहितको स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।
दारी ग्याङ लुम्बिनी प्रदेशका संयोजक असल सुवेदीको प्रमुख आतिथ्यता कार्यक्रम आयोजना गरि सामाग्री वितरण गरिएको प्यूठानका अध्यक्ष जीवन खनालले जानकारी दिनुभयो । बालविकासदेखी कक्षा पाँच सम्म अध्ययनरत बालबालिकालाई उक्त सामाग्री प्रदान गरिएको छ ।
आगामी दिनमा समेत जिल्लाका अन्य विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने योजना रहेको अध्यक्ष खनालले बताउनुभयो । दाह्री ग्याङले विगतमा पनि सामाजिक कार्य गर्दै आएको छ ।



S.K. Creative Media Group