प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा शिक्षा शाखामा कार्यरत शाखा प्रमुख मोहन बिसी सरुवा हुनुभएकोले उहाँलाई बिदाइ गरिएको छ । शुक्रबार शिक्षा शाखा प्रमुख बिसीलाई फुलमाला खादा र मायाको चिनो सहित बिदाइ गरिएको हो ।पालिकामा २०७६ माघ ७ गतेदेखि नियुक्त लिएर ५ वर्ष ४ महिना ३ दिन झिमरुक गाउँपालिकामा कार्यरत रहनुभएको बिसीलाई शुक्रबार एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।
जागिरे जिवनको पहिलो पाठशाला झिमरुक गाउँपालिका भएको स्मरण गर्दै बिसीले पालिकाबाट धेरै कुरो सिक्ने मौका मिल्यो यो भुल्न नसक्ने बताउनुभयो । यहाँ बाट धेरै कुरो सिक्ने अवसर मौका पाए। काम गर्ने क्रममा सबैको सहयोग, माया, सद्भाव पाएर काम गर्ने प्रेरणा मिल्यो यो मेरो लागि सौभाग्य नै हो उहाँले भन्नुभयो ।
पालिकामा केहि असल काम गरिएको छ। दरबन्दी मिलान गर्ने, नीति निर्माण गर्ने, पाठ्यक्रम निर्माण र समग्र शैक्षिक सुधार लगायत यस्ता धेरै सबैको सहयोगबाट मात्र सम्भव भएको उहाँले बताउनुभयो ।
कर्मचारीहरु सरुवा बढुवा नियमित प्रक्रिया भएकोले यसलाई अवसरको रुपमा लिनुपर्ने अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । आज यस्तै मिलन र बिछोड केन्द्र बिन्दुमा उभिएका छौ । यो हाम्रो लागि सौभाग्य पनि हो । हामिले के गर्यौ र भोलि के गर्ने भन्ने लक्ष उदेश्य राखेर काम गर्ने हो भने सुशासन र समृद्धि ल्याउन सकिने अध्यक्ष एमसीले बताउनुभयो ।
अनुशासन लगनशीलता र गोपनियताले काम गरियो भने सहि नतिजा राम्रो आउने सेवा प्रवाह जनपक्षीय बनाउन सकिने उहाँको तर्क छ । जीवन र जगतलाई बुझ्ने र कार्यकुशलताले मात्र सुशासन, जवाफदेही र जनमैत्री बनाउन सकिने उहाँको तर्क छ । नतिजामा ख्याल गर्दै कर्मचारी प्रशासनलाई अगाडि बढ्न सुझाब दिनुभयो । “शालिनता बिज्ञता, प्रचलित ऎन कानुनलाई बुझेर काम गर्न सक्छ त्यो नै सफल प्रशासक हो” उहाँले भन्नुभयो ।
कार्यक्रममा फुलमाला अबिर खादाले उहाँलाई बिदाइ गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group