प्युठान । प्युठान नगरपालिका ९ र १० मा पर्ने मन्ठाना चक्रपथ अन्तर्गत खरिबोट मजुवा खण्डमा स्तरोन्नतिको काम गर्ने सहमति जुटेको छ । सोमबार बालबिद्या माध्यमिक बिद्यालय मजुवाको सभाहलमा जनप्रतिनिधिको रोहवरमा सर्व पक्षीय भेलाले खरिबोट मजुवा खण्डमा यसै आर्थिक वर्षको बजेटबाट सडक स्तरोन्नतिको काम गरिने निर्णय गरेको हो ।

प्युठान नगरपालिका वडा नम्बर ९ र १० का वडा अध्यक्षहरु बिकास केसी र लोक बहादुर केसी, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरोकारवाला लगायतको छलफलबाट खरिबोट मजुवा स्वास्थ्य चौकी नजिक घुम्टिसम्म यसै आर्थिक वर्षको बजेटमा सडक स्तरोन्नतिको काम गरिने सहमति भएको छ ।

वडा अध्यक्ष बिकास केसीका अनुसार नगरपालिकाको चक्रपथ मापदण्डको पालना गर्दै आवस्यकता अनुसार सडक निर्माणको काम गर्ने गरि सर्व पक्षीय सहमती गरिएको हो । स्थानीय जनताले निर्माण कार्यमा सहयोग गर्ने आ-आफ्ना जाग्गा, संरचना पर्ने ठाउँमा सहजीकरण गर्दै अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । स्थानीय जनताले सडक निर्माणमा सहयोग गर्ने भएपछि सडक निर्माणका क्रमश हुने अफ्ट्यारो हटेर जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । मदन भण्डारी राजमार्गले जिम्मा लिएको सडक भन्दै स्थानीय सरकारले काम गर्न नमिल्ने बताउदै आएको छ । शनिबार स्थानीयको भेला बसेर जिरो बिन्दु खरिबोटदेखि मजुवा उपुल्लो घुम्टीसम्म कालोपत्र गर्नको लागि वडा कार्यालय र नगरपालिकालाई समेत अनुरोध गरेका थिए ।

प्युठान नगरपालिकाको एक वडा एउटा सडक कालोपत्रे गर्ने नीति अनुसार गतवर्षको बजेटमा प्युठान नगरपालिका -९ को उपुल्लो मजुवा स्वास्थ्य चौकीदेखि अगाडि तिर पाहारपाखा फल्तेपानीसम्म कालोपत्र गरिएको छ । मदन भण्डारी राजमार्ग आउने भन्ने कुरोले सो चक्रपथको खरिबोट मजुवा खण्डमा भने अहिलेसम्म सामान्य मर्मतको काम समेत नहुदा स्थानीयलाई सास्ती भएको स्थानिय मान बहादुर केसीले बताउनुभयो ।

त्यस्तै प्युठान नगरपालिका-१० ले भने जिरो बिन्दु खरिबोट देखि स्यालपाखासम्म काम गरिएको वडा अध्यक्ष लोक बहादुर केसीले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा बिनियोजित बजेटबाट क्रमश नियमित रुपमा काम अगाडि बडाउने वडा अध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्युठान नगरपालिका-९ को यो सडक आसपास एउटा माध्यमिक तहको सामुदायिक बिद्यालय, दुइवट निजि बिद्यालय स्वास्थ्य चौकी, वडा कार्यालय समेत रहेको छ। व्यापारिक हिसाबले यो क्षेत्र पहिलेदेखि नै केन्द्र मानिएपनि बिकासका हिसाबले पछाडि पारिएको स्थानीयको गुनासो छ।

उक्त सडक भएर दैनिक करिब हजारौं मानिस र दैनिक दर्जनौं यातायातका साधन आउजाउ गर्ने गर्छन् । तर यति व्यस्त तथा महत्त्वपूर्ण सडको दुर्दशा भने हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने हुँदा दैनिक आउजाउ र स्थानीय बजार बासीलाई हिलो र धुलोको हैरान व्यहोर्नुपर्ने बाध्यता रहेको छ ।

सडकमा नाली नहुदा समेत वर्षाको पानी सडकमै हिड्ने गरेकोले विद्यार्थी र पैदल यात्रुलाई आउजाउमा समस्या भएको स्थानीय शिव बहादुर केसीले बताउनुभयो । अब यो खण्डमा सडक कालोपत्र हुने भएपछि सबै समस्या हटेर जाने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय