प्यूठान । अन्तर पुस्ता महिलावादी मंचले संचालन गरेको महिलावादी अनुपम अभियान अन्तर्गत प्यूठानमा अन्तरक्रिया सहित हस्ताक्षर संकलन गरिएको छ ।
राज्यका नेतृत्व तहमा महिलाको सहभागिता बढाउन राजनीतिक खवरदारीलाइ लक्षित गरि अभियान थालिएको हो । तीन वर्षदेखि देशब्यापी अनुपम अभियान संचालन भएको छ ।
पहिलो वर्ष प्रदेश स्तरमा कार्यक्रम गरिएको थियो । दोस्रो वर्ष देशब्यापी सडक यात्रा गरिएको थियो । यो वर्ष राजनीतिक खबरदारीका लागि हस्ताक्षर संकलन गरिरहेको अभियन्ता एवं टेवा संस्थाका संस्थापक रिता थापाले बताउनुभयो । संकलन भएको हस्ताक्षर राजनीतिक दललाई बुझाउने समेत उहाँले जानकारी दिनुभयो ।
संविधानले दिएको महिलाको अधिकार कार्यान्वयन गर्न, सुशासन र समतामूलक समाज निर्माण गर्न यो अभियानले सहयोग गर्ने अभियन्ता एवं नागरिक आवाजका कार्यालय प्रमुख डा. सुशन रिसालले बताउनुभयो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका पूर्व मेयर अर्जुन कुमार कक्षपतिले नीति निर्माण गर्ने ठाउमा सक्षम र क्षमतावान महिलालाइ पठाउन अवस्यक रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति प्यूठानका सदस्य निर्मला पोख्रेलले अधिकार कार्यान्वयन गर्न राजनितिक दल जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ प्यूठानका अध्यक्ष विजय श्रेष्ठले महिला सहभागीसंगै सक्षम महिला नेतृत्व आवश्यक रहेको बताउनुभयो । प्यूठान नगरपालिका ४ जुम्रीमा भएको कार्यक्रमको सञ्चालन पार्वता आचार्यले गर्नुभएको थियो ।



S.K. Creative Media Group