बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल रामनगर बुटवलमा कार्यरत एक कर्मचारीले सेवाग्राही एक बालिकामाथी यौन दुव्र्यवहार गरेका छन् ।

 

अस्पतालमा कार्यरत कर्मचारी बुटवल उप-महानगरपालिका वडा नम्वर ८ निवासी ३१ वर्षिय सुवास गौतमले एक्सरे गर्ने बेला १७ वर्षिय ती बालिकालाई दुव्र्यवहार गरेका हुन ।

गौतमलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेर बाल यौन दुव्र्यहार सम्वन्धी मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी निरीक्षक धर्मराज खत्रीले जानकारी दिनुभयो ।

 

‘बालिकाले एक्सरे गरेर सकेपछि कपडा लगाउने बेला संवेदनशिल अंगमा छुने जस्ता दुव्र्यवहार गरेका रहेछन्’,खत्रीले भने,‘शुक्रवारको घटना हो । हिजो शनिवार भएकाले आज म्याद थप गरेर अनुसन्धान अघि बढेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय