प्यूठान । राष्ट्रिय युवा संघ नेपाल प्यूठानले बार्षिक कार्ययोजना र केन्द्रिय कमिटीको निर्देशन अनुसार आज रक्तदान कार्यक्रम गरेको छ । शनिवार राष्ट्रिय युवा संघ नेपाल प्यूठानको आयोजना र रक्त संचार केन्द्र प्यूठानको ब्यबस्थापनमा जिल्ला अस्पताल बिजुवारमा रक्तदान कार्यक्रम गरिएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री तुल्सीराम शर्माले युवा जनशक्ति सामाजिक कार्यमा निरन्तर लागेमात्र समाज रुपान्तरण हुने बताउनुभयो। कार्यक्रमका प्रमुख अथिती समेत रहनुभएका शर्माले अस्पतालमा रगत अभावमा कुनैपनी नागरिक अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्य गरिएको यो अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो । रक्तदान सहित सामाजिक रुपमा हरेक गतिविधिमा युवायुवती जोडिए मात्र मुलुकले समृद्धि हासिल गर्न सहयोग पुग्ने उहाँको तर्क रहेको छ।
बार्षिक कार्ययोजना र केन्द्रिय कमिटीको निर्देशन अनुसार कार्यक्रम सम्पन्न गरिएको युवा संघ प्यूठानका अध्यक्ष महेश पाण्डेले बताउनुभयो । अस्पतालमा हुने उपचारमा रगत उपलब्धता सहजताको लागि रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । सो कार्यक्रमको अवसरमा २० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको आयोजकले जनाएको छ।
लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्माको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष पाण्डेको अध्यक्षतामा नेकपा एमाले प्रदेश कमिटी सदस्य श्रीधर रोका, नेकपा एमाले जिल्ला पार्टी सचिब इन्द्रमणी, पोख्रेल, उपसचिव हिरामणी भण्डारी, प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्य, नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी, सचिब वासुदेव गिरी, पुर्व सचिब बिजय सिंह भारती, नेपाल स्वयंसेवी रक्तदाता समाजका मनु लामा, कृयाशिल पत्रकार लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो। उक्त औपचारिक कार्यक्रमको संचालन युवा संघका जिल्ला सचिव सिताराम भट्टराईले गर्नुभएको थियो ।



S.K. Creative Media Group