प्यूठान । जेन जि समुहले गरेको आन्दोलनमा राज्यले दमन गरेको भन्दै मंगलबार भएको आन्दोलनमा प्यूठानका राजनीतिक दलका कार्यालयमा तोडफोड गरिएको छ । प्यूठानमा रहेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

आज दिउसो विजुवार स्थित एमालेको पार्टी कार्यालय, जुम्री स्थित माओवादीको पार्टी कार्यालय, बाग्दुला स्थित कांग्रेसको पार्टी कार्यालय र खलंगा स्थित जनमोर्चाको पार्टी कार्यालय तोडफोड र आगजनी गरिएको हो ।

 

आन्दोलनकारीले प्यूठान नगरपालिकाको कार्यालयमा पुगेर कार्यालयमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर जलाएका थिए । उनीहरुले सदरमुकाम खलंगामा रहेको एमाले र माओवादीको सम्पर्क कार्यालयमा पुगेर सामान तोडफोड गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय